पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव मंसिर १६ गते गराउन आयोगको परामर्श

 भदौ ३०, २०८१ आइतबार १८:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन सरकारलाई परामर्श दिएको छ । आयोगले विभिन्न कारणले पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते आइतवार गराउन सरकारलाई परामर्श दिएको हो ।

आयोगको तथ्याङ्गअनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडा अध्यक्ष नाै वटा पद रिक्त रहेको छ । यस्तै नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडा अध्यक्ष २१ गरी ३९ वटा पद रिक्त रहेका छन् ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया