दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २...
पुस १४, २०८१ आइतबार
काठमाणडौ – पछिल्लो मनसुनको ९० दिनमा गएको वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटना बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको ज्यान गएको छ ।
यो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएका छन् । प्रभावित परिवारको सङ्ख्या भने कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिनको अवस्था प्रतिवेदन हिजो सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार ६ सय १५ पुगेको जानकारी गराएको छ ।
गएको वर्ष मनसुन शुरू भएको ९० दिनको अवधिमा ८५ जनाको ज्यान गएको, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताउनुभयो । अघिल्लो वर्ष यो अवधिमा विपद् प्रभावितको परिवारको सङ्ख्या भने ६ हजार ३० रहेको थियो ।
यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको ज्यान गएको छ । यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम ठूलो वर्षाबाट एक जनाको ज्यान गएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।