सहकारी बचत रकम दुरुपयोगसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

 भदौ ३१, २०८१ सोमबार १५:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१’ पेस पेश गर्नुभएको हो । संसदमा प्रतिवेदन पेश गर्नुअघि समितिले प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत राखेका छैन ।

सहकारीको रकम हिनामिनाको अध्ययन अनुसन्धान गर्न गएको जेठ १५ गते समिति गठन भएको थियो । समितिले १४ वटा बैठकमा चार सय जनाभन्दा धेरै व्यक्तिसँग सोधपुछ र सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन गरेर प्रतिवेदन तयार पारेको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे समितिको प्रतिवेदनमा के छ भन्ने विषय अझै बाहिरिएको छैन ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया