शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल, कारोबार रकम ८ अर्ब पनि पुगेन

 भदौ ३१, २०८१ सोमबार १५:१०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८० दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ७० लाख कित्ता शेयर सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया