आज देशभरको मौसम सामान्यतया सफा रहने, चिसो बढ्यो
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउने बताउनुभएको छ ।
आउँदो असोज ४ गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या र क्षतिपूर्तिबारे आफूले दरिलो कुरा राख्ने बताउनुभएको हो । नेपालले जलवायु परिवर्तन हुने कारणमा कुनै योगदान नदिए पनि त्यसको असर भोगिरहेको कुरा विश्वका नेताहरूसामु राख्ने र क्षतिपूर्तिबारे कुरा उठाउने उहाँकाे भनाइ छ ।
यस्तै ओलीले राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने उल्लेख गर्नुभयाे । उहाँले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घकाे महासभामा नेपालले अपनाएको शान्ति प्रक्रियाको बाटो, सामाजिक र लैङ्गिक क्षेत्रमा हात पारेको उपलब्धि लगायतका विषयमा पनि सम्बोधन गर्ने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको अवरोध हटेपछि प्रतिनिधिसभाको आजको बैठक चलिरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय संसद्लाई जानकारी गराउने कार्यसूची रहेकाले संसद् अवरोध नगर्ने माओवादीले निर्णय गरेको हो ।
संसद्को शुरूमै बोल्दै माओवादीका सांसद शक्तिबहादुर बस्नेतले देशकै प्रतिष्ठासँग जोडिएको प्रधानमन्त्रीको भ्रमणबारे आजको संसद्मा जानकारी गराउने विषयको महत्त्वलाई बुझेर संसद् चल्न दिइएको बताउनुभयो । उहाँले नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र युद्धलाई हिंसा भनेकोमा विरोध जारी नै रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।