शिकार आरक्ष ढोरपाटनमा जैविक विविधताको संरक्षणमा चुनौती

 असोज १, २०८१ मंगलबार १३:२:२३ | रासस
unn.prixa.net

रासस

बाग्लुङ – नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा जैविक विविधता संरक्षणमा बढ्दै गएको चुनौती सामनाका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको शिक्षा क्षेत्रका विज्ञले बताएका छन् ।

शिकार आरक्ष वरपर रहेका निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, विज्ञान शिक्षक लगायतका सरोकारवालाले पाठ्यक्रमको आवश्यकता औँल्याएका हुन् ।

‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम तयार गरेर माध्यमिक तहका विद्यार्थीलाई पढाउन सके जलवायु परिवर्तनका कारण जैविक विविधतामा देखिने समस्यासँग अनुकूलित हुन जनस्तरमा चेतना पुग्ने उनीहरूको धारणा छ ।

बाग्लुङको बुर्तिबाङमा चार दिनसम्म चलेको कार्यशालाबाट उनीहरूले ‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम सिकाइ युनिटको खाकासमेत तयार गरेका छन् । दिगो पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत वातावरण तथा जैविक विविधता संरक्षणमा पारेको प्रभावका विषयमा आयोजित कार्यशालामा जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो पर्यटन प्रवर्द्धन तथा जैविक विविधताका विषयमा छलफल भएको थियो ।

ढोरपाटन र निसीखोलाका स्थानीय विषयलाई प्राथमिकतामा राखेर शुरू भएको छलफलमा पाठ्यक्रमको आवश्यकता औँल्याइएको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया