यात्रा इजाजत प्राप्त हतियारसमेत सरकारी र सार्वजनिक स्थलमा लैजान नपाइने

 असोज १, २०८१ मंगलबार १५:१०:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारबाट इजाजत लिएका यात्रा हतियार अब सरकारी कार्यालय र सार्वजनिक स्थलमा लैजान नपाइने भएको छ । सरकारले एक सूचना जारी गरेर इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवम् सार्वजनिक स्थलमा लैजान नपाइने जनाएको हो ।

यात्रा इजाजतपत्र प्राप्त हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने सूचनामा उल्लेख छ । मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक गाडी, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा शपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रमा समेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वाेच्चले त्यस विषयमा आवश्यक कानून बनाउन आदेश दिएअनुसार सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया