दाङको तुलसीपुरमा रहेकाे श्री मावि सामुदायिक विद्यालयतर्फ उत्कृष्ट घोषणा

 असोज २, २०८१ बुधबार १५:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको श्री मावि सामुदायिक विद्यालयतर्फ उत्कृष्ट घोषणा भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले श्री मावि तुलसीपुर प्रथम, काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि दोस्रो र दाङकै जनकल्याण मावि तेस्रो भएको घोषणा गरेको हो ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राप्त गरेको नतिजाका आधारमा श्री मावि विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । पहिलो हुने विद्यालयले तीन लाख, दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

दिवसका अवसरमा मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । तर आर्थिक अभाव भएकोले पुरस्कार तथा पदक वितरण गर्ने मिति भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया