काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तत्काल रोक्न कांग्रेसको माग

 मंसिर १०, २०७५ सोमबार १६:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ललितपुरस्थित खोकना, बुङमतीलगायतका स्थानीय नागरिको मागलाई सम्बोधन नगरेसम्म सो दू्रतमार्ग निर्माणको काम अघि नबढाउन सरकारसँग माग गर्नु भएको हो ।

सोमबार सो द्रूतमार्ग निर्माण सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले खोकना र बुङमतीका जनताको माग तत्काल सम्बोधन नगरे सो आयोजनाले भयावह मोड लिनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।

मुआब्जालगायतका माग सम्बोधन नभई सो राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य सुरु भएकोमा खोकना र बुङमतीबासीको आक्रोश छ । कांग्रेस नेता बडुले राष्ट्रले प्राथमिकता दिएको सो आयोजनाका पीडितको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सो सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई समितिको बैठकमा बोलाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । बैठकमा संघीय समाजवादी फोरम, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले पनि सो दू्रतमार्ग निर्माणको नाममा सरकारले खोकना र बुङमतीका जनतालाई आतंकित बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर मात्रै सो द्रू्रतमार्ग निर्माणको काम अघि बढाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । नेता श्रेष्ठले सरकारले स्थानीय जनताको माग सम्बोधन नगरी किन नेपाली सेनालाई सो द्रूतमार्ग निर्माणको काम अघि बढाउन निर्देशन दिएको भनि प्रश्न पनि गर्नुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिले खोकना र बुङमतीका स्थानीय नागरिकको पीडालाई सम्बोधन गर्न सरकारलाई दवाव दिन सो दू्रतमार्गको स्थलगत अनुगमनको काम समेत गरिसकेको छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rahul

    Nov. 26, 2018, 5:54 p.m.

    आज को दिलेन्द्र प्रसाद बडू को यो माग नेपाली काँग्रेस को हो कि होइन भन्ने कुरा प्रस्ट पार्नु जरुरि अब नेपाली लाई छ कि छैन ? देश निर्माण गर्दा साना मसिना कुरा आउछन तेस्लाई सम्बोधन गर्दै अघि बढ्नु पर्छ । एस्तो धम्कीपूर्ण भाषा को प्रयोग गरेर खोकना र बुन्ग्मति का बासिन्दा लाई बिकाश बिरोधि देखाउनु काँग्रेस को कस्तो सोचाई हो ? के खोकना र बुन्ग्मति का बासिन्दा द्रुतमार्ग को बिरोधि हो त ? अनि यो मार्ग बनाउने निर्णय अहिले को सरकार ले गरेको हो ? अब विकास निर्माण लाई पहिलो प्राथमिकता मा राखेर अघि बढ्नु पर्ने बेला मा सरोकार वाला लाई भेटेर छलफल गर्नु पर्छ कि पत्रकार सम्मेलन मा गएर सरकार लाई धम्कि दिएर सरोकार वाला लाई विकास बिरोधि को रुपमा देखाउनु पर्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया