अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
कास्की – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई आफ्नै गृहनगर पोखरामा नयाँ शक्ति पार्टीको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो उहाँकै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाएको छ ।
पछिल्लो समय नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितताको आरोप खेपिरहेका अधिकारीलाई विद्यार्थी युनियनले पोखराको सिर्जनाचोकमा रहेको एक पार्टी प्यालेस जाने क्रममा कालो झण्डा देखाएका हुन् ।
पूर्वाधार विकास साझेदारी कार्यक्रमको पत्रकार सम्मेलनमा जाँदै गर्दा मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनका ६ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा युनियनका केन्द्रीय महासचिव नेत्र चापागाईं, सचिव रेशम सापकोटा, जिल्ला संयोजक विशाल तिमिल्सिना, केन्द्रीय सदस्य नरेन्द्र बस्याल, पृथ्वीनारायण क्याम्पस आधार संगठनका अध्यक्ष कृष्ण अधिकारी र तेजेन्द्र भट्टराई रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।