खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कालीकाेट – कर्णाली प्रदेशमा नेपाल विद्युत् प्राधिकरणले बिजुली सेवा विस्तार गरेको पाँच वर्ष बितिसक्दा पनि भरपर्दो हुन सकेको छैन ।
बाँकेको कोहलपुरबाट सुर्खेत, दैलेख र कालीकोट हुँदै ३३ केभी राष्ट्रिय प्रसारण लाइन जुम्ला र मुगु पुगेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्दा कर्णालीका धेरै बस्तीका स्थानीयवासीले अबिरजात्रा गरेका थिए ।
तर सामान्य हावाहुरी र पानी पर्नासाथ बिजुली सेवा अवरुद्ध हुन्छ । स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामी, परीक्षाको तयारी गर्दै गरेका विद्यार्थी, सरकारी कार्यालयमा दैनिक कामकाजका लागि लाइन बसेका सेवाग्राहीलगायतले सास्ती खेप्नु पर्छ ।
बिजुली नियमित नहुने समस्या समाधानका लागि कोहलपुर–दैलेख १ सय ३२ केभी प्रसारण लाइन जोड्न यसै वर्ष ठेक्का लाग्दैछ । यस्तै कालीकोटको सान्नीगाड साना जलविद्युत् आयोजना मर्मत गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभएको छ ।
घना जङ्गलको बीचबाट लामो प्रसारण लाइन भएका कारण बिजुली सेवा अवरुद्ध हुँदा 'फल्ट' पत्ता लगाउनका लागि कर्मचारीले पनि सास्ती खेप्नु परेकाे छ । बिजुली लाइन मर्मत गर्न जाँदा निकै दुःख भाेग्नुपरेकाे भन्दै बत्ती गयो कि आफूहरूकाे हाेस उड्ने गरेकाे कर्मचारी बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।