साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीको खुर्कोटबाट रामेछाप जोड्ने पुल भत्काएको छ । पुलको आधा भाग भत्काएर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पुलसँगै रामेछापतर्फ सडक पनि कटान गरेको छ ।
खुर्कोटबाट रामेछाप जोड्ने पुल भत्किँदा रामेछाप सहित ओखलढुङ्गा, दोलखा र सोलुखुम्बुको केही भागमा सडक बिच्छेद भएको छ । पक्कि पुल नजिकै भएको झोलुङ्गे पुल पनि बगाएको छ ।
त्यस्तै रामेछापको मन्थली विमानस्थलमा पनि तामाकोशीको बाढी पसेको छ । रनवेमा पानी पसेको हो । रनवेमा दुईवटा विमान रहेका छन् । विमान भएको ठाउँमा भने पानी पुगेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।