साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – चिसोसँगै छालामा समस्या आएर अस्पताल पुग्नेहरुको सङ्ख्या बढेको छ । जाडो बढेसँगै बहिरङ्ग सेवामा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेका वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्राध्यापक डा. अनुपमा कार्कीले बताउनुभयो ।
यस्तै जाडोका कारण छालामा रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या धेरै देखिने गरेको उहाँले बताउनुभयो । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उहाँको भनाइ छ । जाडोमा लुतोको समस्या पनि उत्तिकै हुन्छ । प्रायः मान्छे जाडोमा कम नुहाउने, लुगा फेर्न अल्छी गर्ने, समय–समयमा सिरक, डसना घाममा नसुकाउने लगायतका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो ।
निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. प्रज्जवल पुडासैनी जाडो मौसममा हावामा आद्रता कम हुने भएकाले छाला बढी सुक्खा हुने र यसैका कारण समस्या आउने बताउनुहुन्छ । जाडोमा एलर्जीको समस्या पनि बढी देखिने उहाँको भनाइ छ ।
जाडोमा पर्याप्त पानी पिउने, फलफुल र हरियो तरकारी पर्याप्त खाने, व्यक्तिगत सरसफाईमा ख्याल गर्ने र सुख्खा छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन लगाउने गरेमा समस्या कम हुने डा. अनुपमा कार्कीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।