अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो नेपाली समाज नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्दै उहाँले अबदेखि हुँदा खाने अथवा पाएका बेला खाने र खान कठिन भएका, रोजगारीमा भएका वा रोजगारी गुमाएका अथवा रोजगारी नपाएका सबैलाई समेट्ने नयाँ प्रणालीको सुरुवात गरिएको बताउनुभयो ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षा योजना लागु गर्छु भनेर घोषणा गरेको सम्झँदै उहाँले अहिले निरन्तरतास्वरुप यो कार्यक्रम सुरुवात भएको बताउनुभयो ।
हरेक परिवारको आर्थिक सुरक्षा र हरेक नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने काम सरकारले गर्ने भन्दै सरकार शासक नभई नागरिकको अभभिावक बन्ने काम गरेको बताउनुभयो ।
यहाँसम्म आइपुग्न लामो संघर्ष र छलफलबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्री ओलीले २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएर नयाँ युगको सुरुवात भएको बताउनुभयो ।
२०५१ सालमा पहिलो पटक ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर थालेको कामले आजबाट नयाँ चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
सक्नेले खाने, नसक्ने जाने भन्ने गैरजिम्मेवार प्रवृत्तिको अन्त्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रवन्ध गरिएको प्रधानमन्त्री ओलीको भनाई छ । यो कार्यक्रमले श्रमको सम्मान गर्ने र श्रममा लाग्न सबैलाई प्रेरित गर्ने विश्वास लिइएको पनि उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा कार्यक्रम ज्याला वा रोजगारी गर्ने, युवा वा वृद्ध, रोगी वा स्वस्थ्य, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैका लागि समान रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।