जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
धनुषा – जनकपुरमा बाख्रीको मासुलाई खसीको मासु भनेर बेच्ने एक मासु बिक्रेता पक्राउ परेका छन् ।
संयुक्त बजार अनुगमन समिति धनुषाले अनुगमनको क्रममा बाख्रीको मासु बेच्ने भारत बिहार उमगाउँ–११, निवासी २४ वर्षका असलम राइनलाई पक्राउ गरेको हो ।
स्थानीयहरुको गुनासोको आधारमा मासु पसलमा अनुगन गर्दा खसीको मासु भनेर बाख्रीको मासु बिक्रि वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको अनुगमन टोली सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रतिनिधि जितेन्द्रप्रसाद सिंहले बताउनुभयो ।
अनुगमन टोली पुग्ने बितिकै असलमले बाख्रीको मासु लुकाउन खोजेका थिए । जनकपुरको जानकी नगर निवासी अनिल राइनले सञ्चालन गरेको मासु पसलमा असलमले झण्डै ५ महिनादेखि मजदुरको रुपमा काम गर्दै आएका थिए ।
होटल तथा भोजभतेरमा खसीको मासु अर्डर गर्दा बाख्रीको मासु मिसावट गरेर बिक्रि गर्दै आएको असलमले स्वीकार गरेका छन् । पक्राउ परेका असलमलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाएको अनुगमन समितिले जनाएको छ ।
पसल सञ्चालक अमिन राइन जनकपुर बाहिर रहेको र सम्पर्कमा आएपछि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने अनुगमन टोलीले जनाएको छ ।
माछा बजारमा यसअघि झण्डै ३ महिना अगाडि समेत बाख्री बेच्ने एक व्यापारी पक्राउ गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।