दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक जित्यो महिला टी–२० विश्वकपको उपाधि

 कात्तिक ५, २०८१ सोमबार ५:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाइन् । न्युजिल्यान्डकी रोसमेरी मेयर र अमिला केरले समान ३ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । न्युजिल्यान्डकी अमिला केरले ४३ रन बनाइन् । दक्षिण अफ्रिकाकी नोन्कुलुलेको म्लाबाले २ विकेट लिइन् । प्रतियोगिताभरि १ सय ३५ रन बनाउँदै १५ विकेट लिएकी अमिला केर उत्कृष्ट खेलाडी बनिन् ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे । यस्तै इङ्गल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे । दक्षिण अफ्रिका फेरि पनि उपविजेता बनेकाे छ । दक्षिण अफ्रिका सन् २०२३ मा पनि उपविजेता बनेकाे थियाे ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया