अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले नागरिकता लिन ‘झुटो विवरण पेश गर्ने स्वदेशी नागरिकलाई’ दण्ड सजाय दिने प्रावधान नराख्न सरकारसँग माग गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आफ्नो नागरिकता लिन झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई दण्ड सजाय दिने प्रावधान गलत भएको दाबी गर्दै तत्काल हटाउन सरकारसँग माग गर्नु भएको हो ।
बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले अशिक्षालगायतका कारण नागरिकता लिन झुटो विवरण पेश गरेको हुन सक्ने उल्लेख गर्दै त्यसमा दण्ड नै दिने कानुनी व्यवस्था राख्न नहुने तर्क गर्नुभयो ।
विधेयकमा झुटो विवरण पेश गरेर नागरिकता लिन खोज्ने र दिने दुवैलाई दण्डित गर्ने प्रावधान राखिएको छ । स्वदेशी नागरिकको हकमा त्यो प्रावधान सही नभएकाले त्यसलाई तत्काल हटाउन नेता कर्णको सुझाव छ ।
झुटा विवरण पेश गरेर नागरिकता लिने विदेशी नागरिकलाई दण्डसजायको व्यवस्था गर्ने कानुनी प्रावधान भने हटाउन नहुने पनि नेता कर्णले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।