विश्वकप क्रिकेट लिग–२ मा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो

 कात्तिक १४, २०८१ बुधबार ६:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को अमेरिकामा भइरहेको शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ ।

अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो । नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए । कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन जोडे । आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए ।

त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्याण्डका मार्क वाटले ३४ रन बनाए  ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले १ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।

तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलमा ५ अङ्क भएको छ । स्कटल्याण्ड ९ खेलमा ११ अङ्कका साथ चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अङ्क छ ।
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया