एनआरटीलाई हराउँदै चर्च ब्वाइजलाई झापा कप फुटबलको उपाधि
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसूल तिर्न तयार भएका छन् । दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसूलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् ।
हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार रुपैयाँ बक्यौता छ । उदयपुर सिमेन्टले सम्पूर्ण बक्यौता २८ किस्ताको सुविधाअनुसार पहिलो किस्ता तिरेको छ ।
त्यस्तै हेटौँडा सिमेन्ट उद्योगले प्रक्रिया अघि बढाएको छ । यी उद्योगको प्राधिकरणले लाइन काटेको थिएन । यसैबीच ४९ वटा उद्योगले प्रिमियमबापतको महसूल नतिरेकोमा पछिल्लो पटक १३ उद्योगले महसूल तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले तिर्नुपर्ने रकमसहितको सार्वजनिक सूचना निकालेर महसूल तिर्न आग्रह गरेको थियो ।
तोकिएको १५ दिनको अवधिमा कुनै पनि उद्योगले महसूल नतिरेपछि प्राधिकरणले गएको ८ गते लाइन काटेको थियो । त्यस दिन ३४ उद्योगको लाइन काटिएको थियो । उद्योगले महसूल भुक्तान गर्न आए तिहारको सार्वजनिक बिदामा समेत बक्यौता लिने र विद्युत् लाइन जोड्ने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।