आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढ्यो : तराईमा हुस्सु, ग...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर दुई पक्षबीच ढुङ्गा हानाहान भएको छ । केबुलकार निर्माण हुनुपर्छ भन्ने पक्ष र विरोध गर्ने पक्षबीच ढुङ्गा हानाहान भएको हो ।
झडप हुँदा केबुलकार निर्माणविरुद्ध रहेका चन्द्र मादेनसहित पाँच जना घाइते भएका छन् । झडपमा घाइते हुनेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई पक्षबीच झडप हुँदा ढुङ्गा लागेर सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका छन् ।
निर्माण क्षेत्रमा एक्स्काभेटर मेशिन लैजाने क्रममा झडप भएको हो । केही समयको झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । केबुलकार निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।