लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो । आज जिल्ला अदालत भैरहवा रुपन्देहीबाट बयान सकेर पोखरा फर्काउने तयारी छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
रुपन्देही जिल्ला अदालत भैरहवाले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर खर्च गरेको कसूरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न गएको कात्तिक ८ गते अनुमति दिएको थियो ।
रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शनको तयारीसमेत गरेका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।