सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
कात्तिक २९, २०८१ बिहिबार
अरब र इस्लामिक देशहरूले इजरायलले मध्यपूर्वमा गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेका छन् । साउदी अरबको रियादमा सम्पन्न अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनले इजरायलको निन्दा गर्दै आक्रमण तत्काल रोक्न माग गरेको बीबीसी हिन्दीले जनाएको छ ।
सम्मेलनमा सहभागीहरूले गाजा र लेबनानमा इजरायलले नरसंहार गरेको बताएका छन् । सम्मेलनले संयुक्त प्यालेस्टाइनलाई पूर्णरूपमा स्वतन्त्र राज्यको मान्यता दिन राष्ट्रसङ्घसँग माग पनि गरेको छ ।
सम्मेलनमा संयुक्त अरब इमिरेट्स (यूएई) सहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार, पाकिस्तानलगायत देशका सरकार र राष्ट्रप्रमुखसमेत गरी ५० जनाभन्दा धेरै नेताको सहभागिता रहेको थियो । उनीहरूले मध्यपूर्वमा शान्ति स्थापनाका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन् ।
गएको आइतवार कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमिकाबाट अलग भएको घोषणा गरेको थियो । त्यही दिन प्यालेस्टिनी विद्राेही समूह हमासले अरब र इस्लामिक देशहरूको गठबन्धन बनाउन अपील गरेको थियो । लगत्तै भएको अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।