स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने भारतको तयारी

 कात्तिक २८, २०८१ बुधबार १०:३:१५ | एजेन्सी
unn.prixa.net

भारतले उद्योगपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ ।

सुरक्षा जाँच सफल भए भारतमा स्टारलिङ्क सञ्चालन गर्न अनुमति दिने तयारी भएको हो ।  स्टारलिङ्कको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा कडा नीतिगत बहस र राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको छ ।

सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले सुरक्षाको दृष्टिकोणबाट सबै सर्तहरू पूरा गरेको अवस्थामा मात्र भारतले कम्पनीलाई सञ्चालन गर्न दिने बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सरकारका प्रतिनिधि र स्टारलिङ्कका बीच डेटा भण्डारणसहितका केही सुरक्षासम्बन्धी विषयहरूमा केही दिनदेखि छलफल चलिरहेको छ ।
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया