पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
लेबनानको विद्रोही समूह हिजबुल्लाहले पहिलो पटक इजरायली रक्षा मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलसँगको द्वन्द्वपछि पहिलो पटक रक्षा मन्त्रालयको मुख्यालमा आक्रमण गर्न सफल भएको हिजबुल्लाहको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
राजधानी तेल अभिभमा रहेको मुख्यालयमा आत्मघाती ड्रोन हमला भएको खबरमा उल्लेख छ । यो आक्रमण गाजामा प्यालेस्टाइनका नागरिकलाई सहयोग गर्न तथा लेबनान र त्यहाँका नागरिकको रक्षा गर्नका लागि गरिएको हिजबुल्लाहको दाबी छ । इजरायली सेनाले यो आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
गएको सेप्टेम्बरदेखि इजरायली सेनाले हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा लेबनानमा हवाई आक्रमणलाई तीव्र बनाएको छ । इजरायलले अक्टोबरको शुरूदेखि लेबनानमा सैनिक नै पठाएर आक्रमण गरिरहेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा इजरायली आक्रमणबाट ३२ सय जनाभन्दा धेरै लेबनानी नागरिक मारिएका छन् । यस्तै १४ हजार जनाभन्दा धेरै घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।