मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न ...
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्नका लागि संसद्मा विधेयक पेश भएको छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने विधेयक संसद्को तल्लो सदनमा पेश भएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले यो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम, एक्स र इन्स्टाग्राममा लागू हुने बताउनुभएको छ । उहाँले यो प्रतिबन्ध बालबालिकालाई सामाजिक सञ्जालको हानिबाट बचाउनका लागि भएको बताउनुभयो ।
अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धका लागि एउटा रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको दस्तावेज अर्काे हप्ता अस्ट्रेलियाली सिनेटमा पेश हुनसक्ने खबरमा उल्लेख छ ।
अस्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् । तर धेरै विज्ञहरूले यस विषयमा प्रश्न उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढै राख्नुपर्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनीहरूको भनाइ छ ।
अहिलेसम्म केही देशहरूले कानूनमार्फत बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग रोक्ने प्रतिज्ञा गरिसकेका छन् । यद्यपि अस्ट्रेलियाको नीति सबैभन्दा कडा छ । फ्रान्सले गएको वर्ष १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । यद्यपि प्रयोगकर्ताहरूले अभिभावकको सहमतिमा चलाउन पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।