उपचुनाव : काठमाण्डौ १६ मा रास्वपाको जीत, अरु वडाहरुमा कांग्रेस अगाडि

 मंसिर १७, २०८१ सोमबार ६:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपचुनाव भएका पालिकाका ३३ वडाहरुमध्ये धेरैमा नेपाली कांग्रेस विजयी भएको छ । काठमाण्डौ महानगरपालिका वडानम्बर १६ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनुुभएको छ । श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ र एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत ल्याउनुुभएको छ । यसअघि यो वडामा कांग्रेस विजयी भएको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । यसअघि २०७९ को चुनावमा कांग्रेसका तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित हुनुभएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित हुनुभएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित हुनुभएको छ ।

रौतहटको  राजपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय हुनुभएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा एमालेका लालबहादुर शाही विजयी हुनुभएको छ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका कुमारी सावादेन निर्वाचित हुनुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा एमालेका सकिबुल खाँ निर्वाचित हुनुभएको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ विजयी हुनुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित हुनुभएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ मा पनि जसपा नेपालका देवेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । 

कालीकोटको तिलागुफा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा नेमकिपाका खड्कराज शाही विजयी हुनुभएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा भने स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया