काठमाण्डौमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु र कुहिरो

 मंसिर २६, २०८१ बुधबार ७:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित तराई/मधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । 
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया