तराईमा हुस्सु, पहाडी क्षेत्रमा कुहिरो
पुस १७, २०८१ बुधबार
बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको छ । यो अस्पतालबाट निसीखोला, तमानखोला र बडीगाड गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा प्रारम्भ गर्दै ५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताउनुभयो ।
२०२१ सालमा दुई वटा कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । २०६४ सालमा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रुपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण शुरू भएको थियो ।
गण्डकी प्रदेश सरकारकाे चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।