जलवायु सम्मेलन : समस्याबारे तत्काल महत्वपूर्ण कदम चाल्न सुझाब

 मंसिर १७, २०७५ सोमबार ७:२६:४ | रासस
unn.prixa.net

विश्वका झन्डै २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि सुरू भएको छ । 

भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । 

जलवायु समस्याबारे छलफल हुने कोप २४ शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कायान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको छ । पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न एकभएर लाग्ने सन्देश प्रबाह गरेको थियो । 

जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् ।

यस पहिलेका राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा विरलै हुने हस्तक्षेपमा पोल्याण्डको औद्योगिक शहर काटोविसमा छलफल सुरू भइरहेकाे समय सम्मेलनका पूर्व अध्यक्षहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहभागी मुलुकहरूलाई खतरनाक समस्यालाई समाधान गर्न निर्णायक कदम चाल्न आग्रह गरेका छन् । 

एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ, “जलवायु परिवर्तनका असरहरूलाई वेवास्था गर्न दिनप्रतिदिन कठीन देखिँदै गएकोे छ । हामी समाज र अर्थतन्त्रको गम्भीर रूपान्तरण चाहेका छौँ । 

तर पेरिस सम्झौतामा प्रतिबद्धता जनाएका पक्षहरू तीन घण्टा ढिलो गरी सम्मेलनस्थल पुगे पनि सम्झौता कार्यान्वयनका लागि गहिरो राजनीतिक मतभेदबीच सहभागिता जनाएका छन् ।  

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा शनिबार सम्पन्न जी–ट्वान्टी सम्मेलनको समापनसँगै जारी विज्ञप्तिमा नेताहरूले पेरिस सम्झौताको ‘परिवर्तन असम्भव रहेको’ बताएका छन् । तर अमेरिकाले सम्झौताबाट फिर्ता हुने निर्णयलाई दोहोराएको विज्ञप्तिमा उल्लेख छ । 

पेरिस सम्झौताको लक्ष्यमा काटोविसमा हुने अर्थमय प्रगतिले मात्र पनि विश्व तापक्रम वृद्धिलाई रोक्न पर्याप्त भने हुने छैन किनकी जलवायु परिवर्तनले एकपछि अर्को गर्दै ल्याइएका रिपोर्टमा विश्व तापमान वृद्धिदरमा विकराल समस्या देखिएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया