बाँकेमा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
काठमाडौँ – हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेता लय सङ्ग्रौला र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको छ ।
परिवर्तन नामक संस्थाले साेमबार ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट सङ्ग्रौला र ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेत्री थापालाई प्रदान गरेको हो । दुवै पुरस्कारको राशि २५ हजार रुपैयाँ र ताम्र–पत्र रहेको छ । सो पुरस्कार निजी क्षेत्रबाट स्थापित पहिलो पुरस्कारका रुपमा परिचित छ । विसं २०५२ देखि यो पुरस्कार चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई प्रदान गरिँदै आएको छ ।
यस्तै रु १० हजार राशिको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०७४’ अभिनेता उत्तम केसी र २०७५ को उक्त पुरस्कार सञ्चारकर्मी विजयरत्न तुलाधरलाई प्रदान गरियो । ‘परिवर्तन सम्मान–२०७५’ बाट अभिनेता रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिम्खडालाई सम्मान गरियो ।
ती सबै पुरस्कार कलाकार बसुन्धरा भुसाल र प्रथम नेपाली नायिका भुवन चन्दले प्रदान गर्नुभएको थियो । सो अवसरमा अभिनेत्री भुसालले चलचित्रमा लाग्ने कलाकारलाई अभिप्रेरित गर्ने निजी क्षेत्रको पहिलो पुरस्कारले कलाकारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताउनुभयो ।
पुरस्कृत अभिनेता सङ्ग्रौलाले सिर्जनाको कर्मलाई निरन्तरता दिएमा सफलतामा पुगिन्छ भन्ने उदाहरण पुरस्कारले पेश गरेको बताउनुभयो । अभिनेत्री थापाले चलचित्र क्षेत्रको विभेद अन्त्य र समाज परिवर्तनका लागि चलचित्र मार्फत नारी सशक्तीकरणका लागि निरन्तर सङ्घर्ष गर्दै आएकाले सफलता मिलेको धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।