६ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा

 माघ ६, २०८१ आइतबार ९:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – छ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

मंसिरको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या भने घटेको छ । मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा पुसमा ६७ हजार दुई सय ५८ जनाको मात्र श्रम स्वीकृति भएको छ ।

मंसिरको तुलनामा पुसमा झन्डै १७ हजारले कमी आएको हो । पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार तीन सय १६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना तथा श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार दुई सय ३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा छ सय ५५ जनाको श्रम स्वीकृति भएको छ । सबैभन्दा धेरै नेपाली कामदार यूएई र त्यसपछि साउदी अरेबिया र कतार जाने गरेका छन् । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया