अमेरिकामा टिकटक बन्द
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – केही दिनयता काउली, बन्दा, गोलभेंडा, मुला लगायतका तरकारीको भाउ घट्न थालेको छ । काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज काउली, मुला, बन्दा, गोलभेंडा, भन्टा र टाटे सिमीको थोक भाउ किलोमा ५० रुपैयाँभन्दा कम छ ।
स्थानीय काउली किलोको १७, स्थानीय अर्थात् ज्यापु काउली २५ र तराईको काउलीको भाउ १७ रुपैयाँ थोक मूल्य छ । यस्तै रातो मुला र हाईब्रीड अर्थात् सेतो मुलाको थोक भाउ किलोको २५ र लोकल सेतो मूलाको १७ रुपैयाँ रहेको छ । लोकल बन्दाको २२ रुपैयाँ तथा तराईको बन्दा र नरिवल बन्दाको औसत मूल्य १७ रुपैयाँ प्रतिकिलो छ ।
यस्तै गोलभेंडा, भन्टा र टाटे सिमीको थोक भाउ पनि ५० रुपैयाँभन्दा कम छ । सानो अर्थात् लोकल गोलभेंडाको प्रति किलो २२, भारतीय सानो गोलभेंडाको ३५ र तराईको सानो गोलभेडाको औसत मूल्य ३२ रुपैयाँ छ । भारतीय ठूलो गोलभेंडाको औसत मूल्य भने ६५ रुपैयाँ रहेको छ ।
यस्तै लाम्चो भन्टाको प्रति किलो ३७ र डल्लो भन्टाको औसत मूल्य ४५ रुपैयाँ छ । टाटे सिमीको प्रति किलो औसत मूल्य ४२ रुपैयाँ रहेको छ । यस्तै रातो आलुको प्रति किलो ४२ र भारतीय रातो आलुको औसत मूल्य ३८ रुपैयाँ छ । भारतीय सुकेको प्याजको थोक मूल्य किलोको ६४ रुपैयाँ रहेको कालिमाटी फलफुल तथा तरकारी बजार समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।