च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बाग्मती प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको 'सुपर–फोर' मा पुगेकाे छ ।
मधेशले दिएको ४१ रनको लक्ष्य बाग्मतीले ८० बलअघि नै ३ विकेट गुमाएर भेटायो । बाग्मतीकी यशु पाण्डेले १९ रन बनाइन् । मधेशकी रोजु कडरियाले २ विकेट लिइन् ।
यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १५ ओभर ५ बलमा ४० रनमा अलआउट भयो । मधेशका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बाग्मतीकी कञ्चन श्रेष्ठले ४ विकेट लिइन् ।
योसँगै 'सुपर–फोर' समीकरण पूरा भएको छ । समूह 'बी' बाट त्रिभुवन आर्मी क्लब पनि 'सुपर–फाेर' मा पुगेकाे छ । समूह 'ए' बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश 'सुपर–फोर' मा पुगेका छन् ।
'सुपर–फोर' मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । 'सुपर–फोर' मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।