भारतसँगको तेस्रो टी–२० क्रिकेटमा इंग्ल्याण्ड २६ रनले विजयी

 माघ १६, २०८१ बुधबार ७:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतसँगको तेस्रो टी–२० क्रिकेटमा पाहुना टोली इंग्ल्याण्ड २६ रनले विजयी भएको छ । राजकोटमा जीतका लागि एक सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे । इंग्ल्याण्डका जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । उसका बेन डकेटले सर्वाधिक ५१ रन बनाए । लियम लिभिङ्स्टोनले ४३ रन जोडे । भारतका वरुण चक्रवर्तीले ५ विकेट लिए ।

जीतसँगै पाँच खेलको शृङ्खला २–१ भएको छ । भारतले पहिलो खेल ७ र दोस्रो खेल २ विकेटले जितेको थियो । चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया