हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा गर्दै

 माघ १७, २०८१ बिहीबार ९:५८:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टिनी विद्रोही समूह हमासले आज थप आठ जना बन्दी रिहा गर्दैछ । हमासले युद्धविराम सम्झौताअन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाई बन्दीलाई रिहा गर्न लागेको इजरायलले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

हमासले रिहाइ गर्न लागेको  तीन इजरायलीमा  सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रहेका छन् । रिहा गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।

यो पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रो चरणको बन्धक रिहाइ हुन लागेको हो । सम्झौताअनुसार इजरायली बन्धकहरूको रिहाइको बदलामा इजरायलले  एक सय १० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट मुक्त गर्नुपर्नेछ ।

थाई बन्धकहरूको रिहाइ हमासको एकपक्षीय कदम रहेको र यो सम्झौताको हिस्सा नभएको इजरायलको भनाइ छ । थाई बन्धकहरू कृषि मजदुर हुन् । उनीहरुलाई इजरायलबाट अपहरण गरिएको थियो ।

थाइल्याण्डको सरकारले गाजामा आफ्ना ६ जना नागरिक अझै पनि बन्धकमा रहेको जनाएको छ ।
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया