अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ ...
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने जनाएको छ ।
मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न सचेत पनि गराएको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ दफा ४५ (२) मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखेर विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।
मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम कार्य गर्न तथा गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानून बमोजिम कारबाही गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू जस्तैः ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण तथा विज्ञापनका रुपमा प्रचारप्रसार भइरहेको भन्ने प्राप्त सूचनामा ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार अनुमति नदिएका उत्पादनको जफत र कारबाहीको काम नियमित रूपमा हुँदै आएको छ । कहीँकतै त्यस्तो भेटिएमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा पनि गुनासो गर्न सकिने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।