एन्फा महिला लिग फुटबल : उपाधिका लागि आज दुई विभागीय टोली पुलिस र एपीएफ खेल्दै

 माघ १६, २०८१ बुधबार ९:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिगको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ ।

एपीएफ पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै र पुलिसले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै फाइनलमा पुगेको हो ।

महिला लिगमा शुरूमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्डपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गरेका थिए ।

त्यसमा एपीएफ अपराजित रहेर शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौँ भएको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष चार टोली प्लेअफ पुगेका थिए ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया