'च्याम्पियन्स ट्रफी' अघि अस्ट्रेलियालाई झड्का, स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिए

 माघ २४, २०८१ बिहीबार १५:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्ने भन्दै स्टोइनिसले तत्काल लागू हुने गरी एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

आउँदो फेब्रुअरीदेखि पाकिस्तानमा शुरू हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि स्टोइनिस अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा समावेश थिए । स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेसँगै अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । यसअघि नै अस्ट्रेलियाका मिचेल मार्श चोटका कारण बाहिरिइसकेका छन् भने कप्तान प्याट कमिन्सले खेल्ने सम्भावना पनि निकै कम छ ।

३५ वर्षीय मार्कस स्टोइनिसले ७१ एकदिवसीय क्रिकेटमा एक शतकसहित १ हजार ४ सय ९५ रन बनाउनुका साथै ४८ विकेट लिएका छन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया