त्रिदेशीय टी–२० शृङ्खला : थाइल्यान्डकाे पहिलाे हार, नेदरल्यान्ड्ससँग १ विकेटले पराजित

 माघ २४, २०८१ बिहीबार १६:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १ विकेटले हराएको छ । प्रतियाेगितामा थाइल्यान्डकाे याे पहिलाे हार हाे ।

थाइल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सकी फेबे मोलकेनबोरले ३२, रोबिने रिज्केले २० रन बनाए । थाइल्यान्डका थिपाचा पुथावोङ्गले ४, ओनिचा कम्चोम्फुले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । थाइल्यान्डकी नथ्थाकन चान्थमले नटआउट ३६, चानिदा सुथ्थीरुङ्गले ३२ रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले ३ विकेट लिइन् ।

यो जीतसँगै नेदरल्यान्ड्सले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । थाइल्यान्ड ५ खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगिताको अन्तिम खेलमा भोलि नेपाल र थाइल्यान्ड खेल्दैछन् । यो खेलले शीर्ष स्थानमा रहेर उपाधि जित्ने टोलीको टुङ्गो लाग्नेछ । नेपाल भने ५ वटै खेल हार्दै पुछारमा छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया