चर्च ब्वाइज पोखरा गोल्डकपको क्वाटरफाइनलमा

 माघ २४, २०८१ बिहीबार १८:२०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डौ – न्युरोड टिम (एनआरटी) क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको तेस्रो प्रि–क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेलमा ३० मिनेट थप भएको थियो । थप समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा माघ २८ गते त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया