‘बैंकिङ क्षेत्र सुरक्षित छ, सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवा...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले गएको साउनदेखि पुस मसान्तसम्ममा २ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराउनुभएको हो ।
प्रतिवेदन अनुसार १ सय ८१ किलोमिटरभन्दा केही बढी दुई लेनको र साढे २० किलोमिटर चार लेनको सडक कालोपत्र भएको छ । सरकारले यो वर्ष ८ सय किलोमिटर दुई लेनको र १ सय २० किलोमिटर चार लेनको गरी ९ सय २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा गरी दुई लेनको १८ हजार ५ सय ४८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस्तै चार लेनको २ सय ४३ किलोमिटर सडक कालोपत्र भएको छ ।
देशभरमा गरी ३ हजार ४ सय ४० वटा पक्की पुल निर्माण भएका छन् । प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २१ वटा पुल निर्माण भएका छन् । यस्तै चालू आर्थिक वर्षमा रेल्वे अन्तर्गत ३ वटा पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।