अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – चितवनको भरतपुरमा पहिलो राष्ट्रिय 'डेरी एक्स्पो' अर्थात् प्रदर्शनी शुरू भएको छ । चितवन उद्योग सङ्घको भरतपुर दूरसञ्चार रोडमा रहेको प्रदर्शनी केन्द्रमा आयोजित प्रदर्शनीको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभयाे ।
चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनी माघ २७ गते ३ दिनसम्म चल्ने छ । किसान, उद्योगी र व्यवसायीलाई एकै थलोमा ल्याउने, डेरी उद्योगका नयाँ औजार र प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताउनुभयो ।
प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरण, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादन, दूध सहकारी, पशुपालनका सामग्री, आहारा, औषधि, डेरी प्याकेजिङ्ग उद्योगका झन्डै सय वटा स्टल रहेका छन् ।
तस्वीर : उमाकान्त पाैडेलकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।