अर्जुन ट्रफी क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदै

 माघ २६, २०८१ शनिबार ९:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर :अर्जुन ट्रफी

काठमाण्डौ – धनगढीमा चलिरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनल खेल शुरू हुँदैछ ।

न्यू होराइजन बुटवल, सीवाईसी अत्तरिया, फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा आज समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसँग खेल्दैछ ।

खेल फाप्ला मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । भोलि समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग खेल्नेछ ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल खेल पर्सि सोमवार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया