नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म निःशुल्क परीक्षण शुरू

 फागुन १, २०८१ बिहीबार ९:३८:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षभन्दा माथिका छन् ।

पालिकासम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षभन्दा माथिका सबैको निःशुल्क परीक्षण हुने र समयमा उपचार गर्नुपर्ने विषयमा सचेतना अभिवृद्धि गराउन अभियान सञ्चालन गरिने प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गएको मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गर्नुभएको थियो ।

यही महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान पनि सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।  
 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया