दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुग्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका धेरै मानिस त्यहाँ पुगेका छन् । मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोलि भेट्ने कार्यक्रम छ । भेटघाटपछि द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रि भोजको कार्यक्रम रहेको खबरमा उल्लेख छ ।
अस्ति पेरिसमा भएको एआई समिट २०२५ मा सहभागी हुन फ्रान्स जानुभएका मोदी त्यहाँको भ्रमण सकेर अमेरिकाको दुई दिने भ्रमणमा निस्किनुभएको हो ।
भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्नेबारे छलफल हुने खबरमा उल्लेख छ ।
यसअघि गएको जनवरी २७ मा दुई नेताबीच भएको टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।