बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
टेक्सस (अमेरिका) – नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य शुरू गरेका छन् । टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गर्न सहयोग सङ्कलनसहित वितरण थालेको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो ।
झन्डै तीन हजार जना नेपाली विद्यार्थी कामविहीन भएको अनुमान छ । उनीहरूलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने चामल, दाल, तेल, नुन, चनालगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागेको भुसालले बताउनुभयो । सात सय जनाभन्दा धेरै विद्यार्थीले खाद्यान्न लगिसकेका छन् । समाजले गाडी नभएका विद्यार्थीहरूको ठेगानामै राहत पुर्याउने व्यवस्था गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानूनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीहरूमा पनि परेको छ । गैरकानूनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कानुसार अहिले अमेरिकाका विभिन्न विश्वविद्यालयमा झन्डै ५० हजार जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।