बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालले निःशुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिन लागेको हो । अघिल्लो वर्षको मार्च २७ तारिखमा भएको सम्झौता अनुसार नेपालले ५ वर्षसम्मका लागि निःशुल्क औषधि प्राप्त गर्नेछ ।
अहिले पहिलो खेपमा एक वर्षलाई पुग्ने गरी औषधि आउन लागेको विश्व स्वास्थ्य सङ्गठन नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।