नेपाल–भारत बिजुली आयात/निर्यातको प्रतियुनिट दर १२ रुपैयाँ ९...
फागुन १, २०८१ बिहिबार
पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय बासिन्दा सुवास पौडेल र रमेश पौडेललाई पक्राउ गरेको हो ।
उनीहरूले गएको माघ २९ गते वनमा आगो लगाएका प्रहरीको आरोप छ । डढेलोले वनजङ्गल, वन्यजन्तुको वासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयवासीले खबर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिनुभयो ।
नेपालमा हुने झण्डै ९६ प्रतिशत डढेलाेका घटना मानवीय क्रियाकलापका कारण हुने गरेका छन् । त्यसमा पनि ६६ प्रतिशतभन्दा धेरै जानी जानी लगाएको आगो फैलिएको पाइन्छ । वन ऐन २०७६ र मुलुकी अपराध संहिता २०७७ ले वनमा डढेलो लगाउनेलाई कैद र जरीवानाको व्यवस्था गरे पनि डढेलोका घटनामा अनुसन्धान कमै मात्र हुने गरेको पाइन्छ ।
डढेलो लगाउनेहरू गोठाला तथा सामान्य किसान परिवारका धेरै हुने भएकोले यसअघि भवितव्य नै मान्ने गरेकोमा डढेलोको प्रकोप धेरै बढेकोले अनुसन्धान र कारबाहीलाई तीव्रता दिन थालेको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।