दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालन भएको सशस्त्र सङ्घर्षको ३०औं वर्ष प्रवेशका अवसरमा आज भएको कार्यक्रममा उहाँले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो ।
माओवादीले समुदायतर्फ फर्कँदै नागरिकका ‘एजेण्डा’ लाई दृढतापूर्वक अघि बढाउने र नागरिकसँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको अध्यक्ष प्रचण्डकाे भनाइ छ ।
राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि नागरिकले महसूस गर्नेगरी उनीहरूको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरूले पार्टी कार्यालयमा रहेको शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।