सरकारले ल्याएको अध्यादेश पारित गर्न बहुमत पुग्ने गरी दलहरूबीच...
फागुन ३, २०८१ शनिबार
काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने ठाउँहरुमा बिजुली काटिने छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुशी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म ४ घण्टा बिजुली बन्द हुनेछ ।
त्यस्तै महाराजगञ्ज वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवासलगायतका ठाउँमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ७ घण्टा बिजुली अवरुद्ध हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अघि नै सम्पन्न भएमा लगत्तै बिजुली आउने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।